कन्या देवी युवा क्लबले गर्यो हाइ जम्प खेलाडी श्रेष्ठलाई सम्मान
वि.सं.२०७९ पुस ९ शनिवार १२:५३
shares

काठमाडौं, ९ पुस । कन्या देवी युवा क्लबले हाइ जम्प खेलाडी सीमा श्रेष्ठलाई सम्मान गरेको छ । शनिवार लमजुङको बेसिसहर-११ मा आयोजना भएको एक कार्यक्रमका बीच श्रेष्ठलाई सम्मान गरेको हो ।
श्रेष्ठले यू–१७ अन्तर्गत बंगालादेशमा भएको हाइ जम्पतर्फ काश्य पदक जितेकी हुन् । मित्र राष्ट्र बंगालादेशको राजधानी ढाकामा मंगलबारबाट सुरु भएको ‘पाँचौ आमन्त्रण बिकेएसपी कप एथलिट्स च्याम्पियनसिप २०२२’ मा यू–१७ अन्तर्गत सीमाले काश्य पदक जित्न सफल भएकी हुन् ।
नेपाली टोलीका अफिसियल सिद्धान्त अधिकारीले जनाए अनुसार सीमाले १ मिटर ३५ सेन्टिमिटर जम्प गर्दै नेपालका लागि पदक जिताउन सफल भएकी हुन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय पदक समेत हो ।
कन्या देवी क्लबका अध्यक्ष पारस कुमार श्रेष्ठले युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका छन् उनले भने एउटा क्षेत्रमा अघि बढेका युवालाई प्रोत्साहन गर्नु नै हाम्रो क्लबको उद्देश्य हो । हाम्री चेलीले पाएको सफलतामा खुसी साट्न कार्यक्रमको आयोजना गरिएको हो ।















