युरोपका शिर्ष ५ लिगमा कुन–कुन टिम अपराजित छन् ?
वि.सं.२०७९ पुस ९ शनिवार १३:५२
shares

काठमाडौं, ९ पुस । विश्वकप सकिएसँगै अव क्लब फुटबलको रौनक पुनः सुरु भएको छ । विश्वभरि हेरिने युरोपका विभिन्न देशका चर्चित फुटबल लिगहरु केही दिनमा पुनः सुरु हुदैछन् । विश्वकपका कारण रोकिएका लिगका बाँकी खेलका लागि क्बलहरुले तयारी समेत सुरु गरिरहेका छन् । अधिकांश क्लबले प्रशिक्षण सुरु गरिसकेका छन् ।
सधै चर्चामा रहेन युरोपका शिर्ष पाँच लिगको विषयमा यहाँ चर्चा गर्दैछौँ । युरोपका शिर्ष पाँच देशका लिगमा १४–१५ चरणका खेलहरु सकिएका छन् । यो अवस्थामा आईपुग्दा पाँच देशका लिगमा दुई देशका एक–एक क्बल अपराजित रहेका छन् । जारी सिजनमा अपराजित रहेने टिममा फ्रेन्च क्लब पेसिर सेन्ट जर्मेन (पीएसजी) र इटालिएन क्लब नापोली हुन् । यी दुई टोलीले जारी सिजनमा आफ्नो देशको लिगमा कुनै पनि खेल गुमाएका छैनन् ।
सिरिय टिम नापोली जारी सिजन लिगमा निकै लोभलाग्दो लयमा देखिएको छ । अघिल्लो सिजन लिग तालिकाको तेस्रो स्थानमा रहेर लिग सकेको उसले यो सिजन १५ खेल खेल्दा १३ मा जित र २ मा बराबरीको नतिजा निकालेको छ । यो अवस्थामा उसले ४१ अंक सहित तालिकामा शिर्षस्थान समेत कब्जा गरेको छ । यो दोस्रो स्थानमा रहेको एसी मिलानभन्दा ८ अंकले बढी हो ।
नापोली जस्तै फ्रेन्च लिग वान क्लब पीएसजीले पनि जारी सिजन कुनै पनि खेल गुमाएको छैन् । उसले पनि नापोलीले जस्तै १५ खेलमा ४१ अंक जोडेको छ । उ दोस्रो स्थानको टिमभन्दा ५ अंकले अघि छ । उ साविक विजेता पनि हो । यो पटक पनि पीएसजी उपाधिको मुख्य दाबेदारका रुपमा रहेको छ ।
विश्वभर सबैभन्दा बढी हेरिने इंग्लिस प्रिमियर लिग फुटबलमा भने केही क्लबले १४ र केहीले १५ वटा खेल खेलिसकेका छन् । यो अवस्थामा कुनै पनि टिम अपराजित रहेकन सकेको छैन् । निकै प्रतिपस्र्धा हुने यो लिगमा अहिलेसम्म आर्सनल शिर्ष स्थानमा रहेको छ । उसको ३७ अंक रहेको छ भने दोस्रो स्थानका म्यानचेष्टर सिटीको ३२ अंक रहेको छ ।
त्यस्तै स्पेनिस ला लिगा फुटबलमा पनि कुनै पनि टोलीले अपराजित यात्रा कायम राख्न सकेका छैनन् । १४ औँ चरणका खेल सकिदा बार्सिलोना तालिकाको शिर्ष स्थानमा रहेको छ भने रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ । बार्साको ३७ अंक रहेको छ भने रियलको ३५ अंक रहेको छ ।
यता बुण्डेस लिगामा पनि हारको सामना नगर्ने टिम कुनै पनि बाँकी छैन । तालिकाको शिर्ष स्थानमा रहेको बार्यन म्युनिख एक खेलमा पराजित भएसँगै अपराजित यात्रा कायम राख्ने टिम कुनै पनि रहेन । सन् २०१२–१३ को सिजन देखि एकलौटी रुपमा उपाधि जित्दै आएको बार्यन जारी सिजनमा ३४ अंक सहित तालिकाको शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको फेनरबगको ३० अंक रहेको छ ।
जारी सिजनका बाँकी खेलहरु केही दिनमा सुरु हुँदैछन् । इंग्लिस प्रिमियर लिगम २६ डिसेम्बरबाट पुन सुरु हुँदैछ । त्यस्तै फ्रेन्च लिग वान २८ डिसेम्बर, स्पेनिस ला लिगा २९ डिसेम्बरबाट सुरु हुदा सिरिए जनावरी ४ र बुण्डेस लिगा २१ जनावरीबाट पुनः सुरु हुनेछन् ।















