Dhulikhel Eco Banner new

मल्टीपर्पस फाइनान्सको साधारणसभा पुस ३० गते, के-के छन् प्रस्ताव ?

4.5K
shares

काठमाडौं, १० पुस । मल्टीपर्पस फाइनान्स लिमिटेडले वार्षिक साधारणसभा पुस ३० गते गर्ने भएको छ ।

सभा कम्पनीको केन्द्रिय कार्यालय राजिविराज सप्तरीमा दिउँसो १ बजे गर्ने कम्पनीले जानकारी दिएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर शून्य दशमलव ३५ अनुपातमा (१ः०.३५) हकप्रद शेयर निष्कासन गरी पूँजी रू. ६१ करोड पुर्याउने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभाले हाल कम्पनीको पूँजी संमरचना संस्थापक तर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत रहेकोमा संस्थापक ५१ प्रतिशत र सर्वसाधारण ४९ प्रतिशत( ५१ः४९) कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।