Dhulikhel Eco Banner new

मेगा र नेपाल इन्भेष्टमेण्ट बैंकले पाए मर्जरको अन्तिम स्वीकृति

4.68K
shares

काठमाडौं, १९ पुस । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक नेपाललाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंकको पुस १७ गतको पत्रबाट एक आपसमा गाभ्न गाभिनका लागि अन्तिम स्वीकृति दिएको हो ।

यी दुवै बैंकले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जरको प्रस्ताव पारित गरिसकेका छन् । इन्भेष्टमेण्ट बैंकले मेगालाई १००ः९० अनुपातमा मर्जर गरेको हो ।

मेगा बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले इन्भेष्टमेण्ट बैंकको ९० कित्ता शेयर पाउनेछन् । मर्जरपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जर पछि बन्ने कम्पनीको चुक्तापूँजी रू. ३४ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ ।