Dhulikhel Eco Banner new

बैंक अफ काठमाण्डुको संस्थापक शेयर बिक्रीमा

3.87K
shares

काठमाडौं, १९ पुस । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले शेयरधनी भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोरको नाममा दर्ता कायम रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयर प्रति कित्ता २ सय रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ । उक्त संस्थापक शेयरहरू बिक्री गर्दा बैंकको बहालवाला संस्थापक शेयरधनीहरूलाई पहिलो प्रथामिकता दिनु पर्ने प्रावधान भएबाट उक्त संस्थापक शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

बैंकले तोकेको उक्त समयभित्र कुनै पनि निवेदन प्राप्त नभएमा उक्त संस्थापक शेयर कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।