Dhulikhel Eco Banner new

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार रोक्का

5.41K
shares

काठमाडौं, २८ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ ।

धितोपत्रको मूल्यमा प्रभाव पर्ने गरी कम्पनीले लाभांशसम्बन्धी निर्णय सार्वजनिक गरेको भन्दै नेप्सेले स्पष्टीकरण माग गर्दै कारोबार रोक्का गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले पुस २८ गते बिहान ८ः३० बजे सञ्चालक समितिको बैठकले गरेको लाभांश वितरणको निर्णय नेप्सेलाई ११ः१३ मा गराएको थियो ।

धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने हुन्छ ।

कम्पनीले धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्थाबमोजिम सूचना उपलब्ध नगराएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो ।