Dhulikhel Eco Banner new

काठमाडौमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना हुने

4.45K
shares

काठमाडौं, २८ पुस । नेपाल उद्योग महासंघले नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गर्ने तयारी गरेको छ । मेला यस वर्ष आगामी २०७९ चैत्र ०२ देखि ०६ गते सम्म काठमाडौमा गरिने कार्यक्रम छ ।

कोरोना महामारिका कारण महासंघले हरेक वर्ष आयोजना गर्दै आएको अन्तराष्ट्रिय व्यापार मेला गएको दुई वर्ष आयोजना हुन सकेन । यस पटक काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने मेलाका लागि स्टल बुकिङ समेत खुला भैसकेको छ ।

 यस वर्षको मेलाको लागि चीनबाट भारतबाट, पाकिस्तानबाट, बङ्गलादेशबाट र भुटानबाट सहभागिता हुने अपेक्षा छ । मेलामा नेपाली हस्तकला र बस्तुहरुको प्रदर्शनी गरिने छ यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी हुनेछन् ।

नेपाल सरकार/ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको प्रबर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नवौ संस्करण हो ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रबर्द्धन गर्ने एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा एनटीआइएसका उत्पादनहरुको प्रदर्शनीबाट नेपालको औद्योगिक व्यवसायिक विकासका सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विस्वास लिएको छ ।