Dhulikhel Eco Banner new

गभर्नरलाई बालेन शाहको जिज्ञासा– सहकारीको समस्या कसरी हुन्छ समाधान ?

14.48K
shares

काठमाडौं, १६ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटबार्ता भएको छ । सोमबार गभर्नर अधिकारीलाई भेट्न मेयर शाह बालुवाटार पुगेका हुन् । मेयर शाहले सहकारी संस्थाहरुका सन्दर्भमा धेरै गुनासो बढेको भन्दै सहकारीका समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने भेटमा चासो राखेका थिए ।

स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरुलाई नियमन तथा सुपरीवेक्षण राम्रो नहुदा उजुरीको संख्या बढ्दो छ । कतिपय सहकारी संस्थाहरुले बचत लिएर भागेको वा बन्द भएका गुनासाहरु पनि धेरै छन् । यस सन्दर्भमा गभर्नर र मेयर शाहबीच छलफल भएको हो । राष्ट्र बैंकले दिएको जाानकारी अनुसार उनीहरुबीच समसामायिक आर्थिक स्थितिका विषयमा समेत छलफल भएको थियो ।