प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ वैशाख ९ बुधवार १०:५२
754
shares
shares

काठमाडौं, ९ वैशाख । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य ८ सयले घटेको हो ।
महासंघका अनुसार मंगलवार प्रतितोला ३ लाख १ हजार ३ सयमा कारोबार भएको सुन बुधवार घटेर प्रतितोला ३ लाख ५ सयमा कायम भएको छ ।
त्यसैगरी, बुधवार चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । सोमवार प्रतितोला ५ हजार १ सय ६० रुपैयाँ कारोबार भएको चाँदी बुधवार ५ हजार १ सय ३० रुपैयाँमा कायम भएको हो ।



















