Dhulikhel Eco Banner new

ग्रामीण विकास लघुवित्त १२ करोड ५९ लाख नोक्सानीमा

7.14K
shares

काठमाडौं, २२ माघ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १२ करोड ५९ लाख नोक्सानी ब्यहोरेको छ ।

गत आवको दोस्रो त्रैमाससम्ममा भने कम्पनी रू. १९ करोड नाफामा थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जामा वृद्धि भएकाले नोक्सानीमा गएको हो ।

गत आवमा कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ७१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ८ दशमलव ९१ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा धेरै रकम छुट्याएकाले पनि नाफा प्रभावित भएको हो ।

गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा रू. ९ करोड १३ लाख छुट्याएकोमा चालू आवमा रू. २६ करोड ६ लाख छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. १२ करोड ५९ लाख ऋणात्मक रहेको हो ।
कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी रू.२५ दशमलव ६४ ऋणात्मक रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात पनि २६ दशमलव ५२ ऋणात्मक,तरलता अनुपात ५ दशमलव ८० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २३० दशमलव ०६ रहेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ९८ करोड २५ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १ अर्ब २७ करोड सञ्चित गरेको छ । कम्पनीले रू. ६ अर्ब २ करोड सापटि लिएर,रू. ३ अर्ब ७१ करोड निक्षेप संकलन गरेर रू. १२ अर्ब ८४ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।