Dhulikhel Eco Banner new

कुमारी आमा निहारिका र शिवराजले गरे जानकी मन्दिरमा विवाह

6.45K
shares

काठमाडाैं, २७ माघ । कुमारी आमा भनेर चिनिने निहारिका सिँह राजपुत र शिवराज श्रेष्ठले जानकी मन्दिर विवाह मण्डपमा विवाह गरेका छन् ।

हिन्दु परम्परा अनुसार, विहिबार जानकी मन्दिरमा गएर दुवै जना वैवाहिक बन्धनमा बाँधिएका हुन् । कुमारी आमा भनेर चिनिने निहारिका सिँह राजपुतले आफ्नै श्रीमान शिवराजमाथि बलात्कारको मुद्दा दायर गरेकी थिइन् ।

निहारिकाले जन्माएको छोरा शिवराजकै रहेको डिएनएबाट पुष्टि भएको थियो । दुवैको सम्बन्धबाट जन्मेको छोराको भिडियो कलबाट निहारिका र शिवराजलाई पुनः जोडिएको हो ।

दुवै जनाबीच असमझदारी हुँदा छुटिएपछि निहारिकाले शिवराजलाई बच्चाको बाउ कायम गर्न काठमान्डौँसम्म आन्दोलन गरेकी थिइन् ।

विहिबार शुभ साईत हेरेर उनीहरुले विवाह गरेका हुन् । उनी दुवै जनाको कानुनी उमेर पुगेपछि विवाह गरेको बताइएको छ ।