Dhulikhel Eco Banner new

नबिल बैंक र एफविन बीच वित्तीय पहुँच विस्तारका लागि सम्झौता

6.16K
shares

काठमाडौं, ९ फागुन । नविल बैंक र महिला उद्यमी महासंघ (एफविन) बीच वित्तय पहुँच विस्तारका लागि सम्झौता भएको छ । बैंक र एफविन बीच महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तिकरण गर्ने तथा स्वदेशी उत्पादनलाई बढाउने उद्देश्यका साथ सम्झौता गरिएको हो ।

साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले आफ्नो शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने छ । त्यस्तै एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने सम्झौतामा उल्लेख गरिएको छ ।

समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रीय कार्यालयमा स्टलहरु लगाउने छ । यो स्टलहरुमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादनहरू रहनेछन् । यस प्रकारको नेपाली उत्पादनहरूले नबिलका कर्मचारी र यसका ग्राहकहरूको नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यस साझेदारी अन्तर्गत दिगो विकासका १, ५, ८ र १७ नम्बरका लक्ष्यहरू समेटिने छन् । नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ सेवा बैंकले हाल १०० शाखामा विस्तार गरेको छ ।