Dhulikhel Eco Banner new

आज ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

4.51K
shares

काठमाडौं, ११ फागुन । आज ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

साधारणसभा प्रयोजनको लागि फागुन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको प्रभु इन्स्योरेन्स र फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेका सबैको लघुवित्त र सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

आज फागुन ११ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रभु इन्स्योरेन्सले फागुन २३ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले ६.७० प्रतिशत बोनस शेयर र ०.३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

सबैको लघुवित्तले फागुन २६ गते बन्दीपुरको मर्स्याङ्दी भ्यु रिसोर्टमा सभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १८ प्रतिशत बोनस शेयर र ०.९५ प्रतिशत नगद गरि कुल १८.९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

सिभिल लघुवित्तले फागुन २९ गते त्रिपुरेश्वर स्थित बोगनभिल्लामा साधारणसभा आह्वान गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश गरि कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको साधारणसभाले पारित गरेपछि आजसम्म कायम शेयरधनीले यी कम्पनीले दिने लाभांश पाउँन सक्ने छन् ।