प्रभु बैंकको संस्थापक शेयर लिलामीमा
वि.सं.२०७९ फागुन १२ शुक्रवार १३:०३
shares

काठमाडौं, १२ फागुन । प्रभु बैंकले शुक्रवार (आज)बाट ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ ।
उक्त शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेस गर्न सक्नेछन् ।
शेयरको मूल्य प्रतिकित्ता रू. १२३ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र शेयर गर्नुपर्ने कम्पनीले जनाएको छ ।
विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । आवेदकले काठमाडौं, कमलादी प्रभु क्यापिटल पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । यसमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ ।
बोलपत्रमा आफूले खरीद गर्न चाहेको शेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।















