Dhulikhel Eco Banner new

५ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो प्रतितोला ?

4.68K
shares

काठमाडौं, १७ फागुन । नेपाली बजारमा बुधवार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख २ हजार ३०० रुपैयाँमा कायम भएको छ । मंगलबार पनि सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी १५ रुपैयाँले बढेर १ हजार २७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।