उमेशलाको प्यानलेबाट महासंघको कार्यसमिति सदस्यमा लिलेन्द्रप्रसाद प्रधानद्धारा उम्मेदावरी घोषणा
वि.सं.२०७९ चैत २ बिहीवार १६:२३
5.08K
shares
shares

काठमाडौं, २ चैत । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा हुने क्रम जारी रहेको छ । बिहीबार महासंघको वस्तुगत तर्फको कार्यसमिति सदस्य पदका लागि उमेशलाल श्रेष्ठकाे प्यानलबाट लिलेन्द्रप्रसाद प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष रहेका प्रधानले आगामी कार्यकालका लागि कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । चैत २८ गते हुने निर्वाचनबाट महासंघका हालका वरिष्ठ उपाध्य चन्द्र प्रसाद ढकाल स्वत अध्यक्ष बन्ने छन् ।


















