तीन पूर्व मन्त्रीकै क्षेत्रमा छैन विद्युत, घाम नलाग्दा काम नै ठप्प
वि.सं.२०७९ चैत ११ शनिवार ०७:३०
shares

काठमाडौं, १० चैत । नेपाल सरकारको तथ्यांकलाई कैलाली र डोटीका ग्राणिम भेगहरुमा अहिले पनि विद्युत पुग्न सकेको छैन । सिंहदरबारको अधिकार गाउँगाउँपमा पुगेको भए पनि स्थानीयले भने त्यसको कुनै छनक पनि पाएका छैनन् । कैलालीको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका तथा डोटीको बडीकेदार गाउँपालिालि, बोगटान फुड्सिल गाउँपालिका र जोराय गाउँपालिकाका स्थानीहरु भने अहिले पनि विद्युतको पहुँचबाट टाढा रहेका छन् ।
सरकारको तथ्यांक अनुसार अहिले देशको ९२ प्रतिशत भुभागमा विद्युत पुगेको छ । तर यी दुई जिल्लाका यी स्थानीय तहमा भने अहिले पनि विद्युत विस्तार हुन सकिरहेको छैन । जबकी स्थानीयको अवश्यकतालाई बुझेर काम गर्छ भन्ने मुल मर्मका साथ स्थापना भएको स्थानीय तहले पनि एक कार्यकाल सकेर अर्को कार्यकाल सुरु गरिसकेको छ । यहाँको समस्याका विषयमा तीनै तहको सरकारले ध्यान दिन नसकेको समाजसेवी मिन बोहोराले बताए ।
कैलाली प्रदेश संरचना अनुसारको सुदुरपश्चिम प्रदेशको राजधानी भएको जिल्ला हो भने डोटी साविक सुदुरपश्चिमाञ्चल विकासक्षेत्र अनुसारको क्षेत्रीय सदरमुकाम हो । देशलाई विकेन्द्रिकरण गरेर विकास हुन्छ भने पाँच विकास क्षेत्रमा विभागजन गर्दाको सदरमुकाम भएको जिल्लामा तथा प्रदेश सदरमुकामा समेत विद्युतको पहुँच पुग्न नसक्नु निकै दुःखको कुरा भएको बोहोराको भनाइ छ । विद्युतका विषयमा यहाँका जनप्रतिनिधिहरुले खासै ध्यान नदिएको उनले बताए ।
यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरु संघीय सांसददेखि मन्त्रीसम्म बने तर पनि त्यहाँका जनातालाई विद्युत उपलब्ध गराउन भने कसैले पनि सकेनन् । अहिले पनि कैलालीको चुरे गाउँपालिका र होहन्याल गाउँपालिका तथा डोटीको बडी केदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिकाका स्थानीहरु अझै पनि सोलारको भरमा जीवन यापन गर्न बाध्य रहेका छन् । केन्द्रीकरणका कारण विकास नभएको भनेर संघीयतामा देश गयो ।
संघीयता अनुसारको व्यवस्था कार्यान्वयन भएको पनि ६ वर्ष पुग्नै लाग्यो । तर कैलाली र डोटीका यी गाउँपालिकाका स्थानीयहरुले भने त्यसको खासै महसुस गर्न पाएका छैनन् । यी त उदाहरण मात्रै हुन । ग्रामिण क्षेत्रका धेरै ठाउँहरुमा अहिले पनि विद्युत पुग्न सकेको छैन । जसले गर्दा विद्युतीय सामग्रीको प्रयोगमा स्थानीहरुलाई निकै असहज हुने गरेको छ ।
यी क्षेत्रबाट निर्वाचित सांसदहरु पटक पटक मन्त्री बनेका छन् भने सुदुर पश्चिमबाटै शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री भइसकेका छन् । कैलालीको चुरे गाउँपलिका र मोहन्याल गाउँपालिका पूर्व उद्योग मन्त्री तथा एमालेका सचिव लेखराज भट्टको निर्वाचन क्षेत्रमा पर्छन । मन्त्री बनेको संसदीय क्षेत्रको अवस्था त त्यस्तो रहन्छ भने सामान्य सांसद मात्रै भएको क्षेत्रको विकास कसरी होला ? यो गम्भिर प्रश्न हो ।
अहिले त्यो क्षेत्रबाट कांग्रेसका नेता वीर बहादुर बलायर सघीय सांसदमा निर्वाचित भएका छन् । बलायर पनि पूर्व भौतिक पूर्वाधार मन्त्री भइसकेका छन्। त्यस्तै डोटीबाट अहिले पनि सांसद निर्वाचित प्रेम आले पटक पटक मन्त्री बने । तर जिल्लाका नागरिकका समस्या समाधान गर्ने बाचा गरेर चुनाव जितेका नेताहरुको जीवन फेरिने बाहेक जनाताको जीवनमा भने खासै प्रभाव नपरेको त्यहाँका स्थानीहरुको भनाइ छ । डोटीको बडी केदार गाउँपालिकाकाले विद्युतीय सामग्रहरु चलाउनका लागि सोलारको भर पर्नु परिरहेको छ । त्यहाँ अहिले विद्युतीय काम सोलारबाट हुने गरेको र घाम नलाग्दा काम ठप्प हुने गरेको गाउँपालिका अध्यक्ष भैरव बहादुर साउद बताउँछन् । ‘घाम नलागेको दिन काम हुँदैन । स्थानीहरु अहिले पनि सोलारमा नै भर पर्नु पर्ने अवस्था छ,’ उनले भने ।
विद्युत नहुँदा गाउँपालिका भित्रका स्थानीयहरु अहिले पनि सोलार बत्तीमा नै भर पर्नु पर्ने अवस्था रहेको कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीको भनाइ छ । गाउँपालिका भित्रका सबै वडाहरुमा विद्युत पुग्नका लागि अझै ३ वर्ष लाग्ने उनले बताए । ‘बजेट अभावका कारण विद्युत विस्तारका लागि अझै पनि समय लाग्छ,’ उनले भने । गाउँमा सामान्य विद्युतीय सामग्री चलाउनका लागि पनि स्थानीहरुलाई सास्ती भइरहेको छ ।
कैलाली क्षेत्र नम्बर ४ का सांसद वीर बहादुर बलायर भने विद्युती करणको काम भइरहेको दाबी गर्छन । सडक नबनेकाले सडक र विद्युतीकरणको काम सँगै–सँगै हुने उनले बताए । ‘सडक पनि पुर्याउनु परो, विजुली पनि त्यहाँसम्म लैजानु पर्ने र बन पनि जोगाउनु पर्ने भएकाले अहिले वातावरणीय मूल्यांकनको काम भइरहेको छ,’ उनले भने । अब छिट्टै विद्युत पुर्याउने उनको दाबी थियो ।



















