Dhulikhel Eco Banner new

प्रतिनिधि सभाको बैठक आज बस्दै

4.59K
shares

काठमाडौं, १९ चैत । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने तयारी भएको छ ।

बैठकमा प्रतिनिध सभा नियमावली २०७९ मा मस्यौदा माथि दफावार छलफल हुनेछ । छलफलपछि प्रतिवेदन आजै पास हुने सम्भावना रहेको छ । त्यस्तै, आजैको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा नियमावलीको मस्यौदा भने प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रस्तुत गर्नेछ । नियमावलीमा परेका संशोधन प्रस्ताव आजैको बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ ।