Dhulikhel Eco Banner new

से फोक्सुण्डोको भ्रमण : जसले छुट्टै अनुभूति दियो

10.47K
shares

काठमान्डौं, १९ चैत । नयाँ ठाउँको यात्रा सबैको लागी निकै रोचक हुन्छ । त्यसमा पनि अझ प्रकृतिको यात्रा निकै रमणीय र आनन्दमय लाग्छ । प्रकृतिको छटासँग मितेरी गाँस्न पाउँदा मख्ख नपर्ने सायदै कम मानिस होलान् । नेपालको सबैभन्दा ठूलो जिल्लामा रहेको से फोक्सुण्डो तालको भ्रमण आफैमा निकै रमणीय नहुने कुरै भएन् । देशको सबैभन्दा ठूलो जिल्ला र त्यो जिल्लामा पर्ने तालमा जाँदै गर्दाका उत्सुत्कता तथा त्यहाँ पुगेपछिको आनन्द कुनै शब्दमा बयान गरेर सकिदैन् ।

बेला बखतमा नयाँ ठाउँ घुम्न निकै रमाइलो हुन्छ । अझ हिमाली क्षेत्रको भ्रमणले त मलाई छुट्टै आनन्द आउछ । म हरेक वर्ष जस्तो कुनै न कुनै नयाँ ठाउँ घुम्न निस्कन्छु । अघिल्लो वर्ष म तिलिचो ताल, थोरोङला पास त्यो भन्दा अगाडी मार्दी हिमाल ट्रेक गएको थिएँ । यो वर्ष कता जाने भनेर सोचमग्न अवस्थामा नै रहेको बेला साथिहरुले से फोक्सुण्डो घुम्न जाने कुरा सुनाए । साथीहरुको सल्लाह पछि हामीहरु त्यहाँ जाने निष्कर्षमा पुग्यौँ ।

से फुक्सुण्डो तालको विषयमा मैले पहिले पनि धेरै सुनेको थिए । सुन्दै रमाइलो ठाउँ, आफैले नजिकबाट नियाल्दा कस्तो होला ? यस्तै सोच लिएर हामी चितवनबाट से फोक्सुण्डोको यात्राका लागि अघि बढ्यौँ । हामीले से फोक्सुण्डोको यात्रामा जानका लागि एउटा एजेन्सीसँग सहकार्य गरेका थियौँ । त्यसैले त्यहाँ जान हामीलाई आवश्यक पर्ने प्रबन्ध एजेन्सी ले नै मिलाएको थियो ।

से फोक्सुण्डो पुग्नका लागि सडक मार्गबाट जाँदा चितवनबाट दुई दिनमा डोल्पाको सदरमुकाम दुनै पुगिदो रहेछ । त्यसपछि त्यहाँबाट हिडैरै जानु पर्ने रहेछ । हामीहरु समयको बचतका लागि नेपालजन्जबाट जहाजमा जाने निष्कर्षमा पुग्यौँ । जहाँजमा जाँदा समयको बचत हुने र त्यहाँ बढी घुम्न पाइने सोचका साथ हामी राजाँ विमानस्थल नेपालगन्जबाट जुफाल विमानस्थल डोल्पा प्रस्तान गरौँ ।
जुफालबाट हामी साढे २ दिनको पैदल यात्रामा सेफोक्सुण्डो तालमा पुग्यौँ ।

हिमाली जिल्ला त्यसमाथि पनि पहिलो यात्रा भएकाले यहाँका विभिन्न दृश्यहरुले हामीलाई निकै मनमोहक बनाए । साच्चैभन्दा यात्रा निकै रोमाञ्चक बन्यो । पर्यटकहरु जानका लागि त्यहाँ प्रसस्त व्यवस्थाहरु रहेछन् । जसले बाटोमा पनि कुनै समस्या भएन् । बाटो पनि राम्रै लाग्यो । तर सबै सरकारहरुले भन्ने गरेको पर्यटन विकासबाट देशको विकाश हुन्छ भन्ने खालका विकास भने देखिएन् ।

अझ भनौँ सरकारले पर्यटन प्रवद्र्धनका लागि गर्नु पर्ने कामहरु नगरेको जस्तो देखिन्थ्यो । तालको नजिकै पुगेपछि साह्रै रमाइलो अनुभव भयो । सम्झना स्वरुप ताललाई ब्याकराउण्डमा राखेर हामीले धेरै तस्वीरहरु कैद गर्यौ । अझ यो तालको रङ्ग बेलाबेलामा बदलिने रहेछ । यो दृश्यले झनै मनमोहक बनायो । साँच्चिकै यस क्षेत्रलाई केही सुधार गरेर पर्यटक आवागमनलाई सहज बनाउने हो भने से फेक्सुण्डोले धेरै स्वदेशी तथा विदेशी पर्यटकको लर्काे लगाउन सक्ने सम्भावना बोकेको छ ।

तस्वीरमा हेर्नुहोस् सेफोक्सुण्डाको यात्रा :