Dhulikhel Eco Banner new

दोल्ती पावरको आईपीओमा कहिलेदेखि दिन पाइन्छ आवेदन ?

4.5K
shares

काठमाडौं, २० चैत । दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि चैत २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएकोा छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुकालागि आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १० लाख ७२ हजार ९७२ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सो मध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ । त्यस्तै ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा २०८० वैशाख ३ गते हुनेछ भने ढिलोमा वैशाख १२ गते हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आश्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आश्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।