Dhulikhel Eco Banner new

राजश्व चुहावट नियन्त्रण समितिको बैंठक जारी

3.85K
shares

काठमाडौं, २० चैत । अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न बोलाएको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सिंहदरबारमा जारी रहेको छ । गृहमन्त्री समेत सदस्य रहने समितिको बैठक सोमबार दिउँसो २ बजेदेखि अर्थ मन्त्रालयमा जारी रहेको हो ।

अर्थ मन्त्री महतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी क्षेष्ठलाई फोन गरेर बैठकमा बलाएका थिए । समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ ।