Dhulikhel Eco Banner new

फिल्म बहावको दोस्रो गीत ‘बहाव यी मनका’ सार्वजनिक

4.5K
shares

काठमाडौं, २० चैत । चैत २४ गतेदेखि रिलिज हुने फिल्म बहावको दोस्रो गीत सार्वजनिक भएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को टाइटल गीत ‘बहाव यी मनका’ सोमबार सार्वजनिक गरिएको हो ।

गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र बिषय आचार्यको एरेन्ज रहेको छ । बहाव यी मनका गीत फिल्मका प्रमुख पात्रहरूले कथाको भावनालाई प्रस्तुत गरेका छन् । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । यस गीत मार्फत फिल्मकी मुख्य पात्र सन्ध्या रेग्मीको मनको बहाव व्यक्त गरिएको छ । बहाव घरघरको कथा हो । एउटा परिवारको मनोविज्ञानलाई सुरक्षा र कमलमणिबिचको अन्तरद्वन्द्वपछि आउने परिस्थितिलाई देखाउने प्रयास गरिएको छ ।

यो एउटा अप्रत्याशित तवरले बनाइएको गीत हो । यो गीत दर्शक श्रोताकालागि माया भावसंगैको बहावसँग वियोगान्तसम्म पुर्‍याउँने गीतका संगीतकार सापकोटाको भनाइ । मानिसहरूको अन्तर मन भित्रको वेदनाहरू र जिन्दगीसँग निसासीको एउटा व्यक्तिको मन भित्रको बहावलाई यो गीत मार्फत व्यक्त गर्ने खोजिएको गीत गायक चौलागाईको भनाइ छ । मैले गीत गाउँदा शब्दको भाव मै डुबेर गाएको उनको भनाइ छ । दर्शकले पनि मन पराउने उनको विश्वास गरिएको उनले बताए ।
स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मको विषयवस्तु जिज्ञासा, विचार अनि यथार्थको कतामा आधारी छ ।

यस चलचित्रका निर्माता श्रीधर पौडेल हुन् । उनले यस अघि नेपाल सरकारबाट राष्ट्रिय अवार्ड समेत प्राप्त फिल्म गोपी निर्माण गरेका थिए । पौडेलले आफ्नो स्वतन्त्रता आफैमा कैद गर्नेहरुका लागि मार्ग प्रशस्त गर्ने कता बहावमा हरको बताएका छन् । चलचित्रमा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, इश्वरी सिंह, हिरालाल कँडेल र पवन श्रेष्ठको अभिनय रहेको छ ।