वस्तुगत संघ महासंघको मस्तिष्क हो, मस्तिष्कलाई सही ढंगले प्रयोग गर्न मेरो उम्मेदवारी : हेमराज ढकाल
वि.सं.२०७९ चैत २० सोमवार १६:३५
shares

काठमाडौं, २० चैत । उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षका उम्मेद्वार हेमराज ढकालले वस्तुगत संघहरुलाई बलियो बनाउनु पर्ने बताएका छन् । उमेशलाल श्रेष्ठ समूहको टिम घोषणा कार्यक्रममा बोल्दै ढकालले महासंघको मस्तिष्कका रुपमा वस्तुगत संघलाई हेरिएको भए पनि त्यो अनुसार काम हुन नसकिएको भन्दै आफू नेतृत्वमा पुगेर त्यसलाई बलियो बनाउने बताएका हुन् ।
व्यवसायीका समस्या समाधानका लागि काम गर्नका लागि आफूले महासंघको उपाध्यक्षमा उम्मेदावरी दिन लागेको उनको भनाइ थियो । उपाध्यक्षमा विजयी भएर नयाँ नेतृत्वलाई सफल बनाउनका लागि आफूले काम गर्ने उनले बताए । अवस्था जटिल भएकाले सरकारलाई बुझाएर काम गर्नु पर्ने अवस्था रहेको उनको धारणा थियो । उत्पादनलाई संरक्षण गरेर वैज्ञानीक कर प्रणाली लागु गर्नका लागि काम गर्ने उनले बताए ।


















