Dhulikhel Eco Banner new

जित्नेलाई भोट दिनुस्, त्याे समूह उमेशलालकाे हाे : दिनेश श्रेष्ठ

4.15K
shares

काठमाडौं, २० चैत । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरका उपाध्यक्ष दिनश श्रेष्ठले विजयी हुनेलाई भोट दिनका लागि आग्रह गरेका छन् । उमेशलाल श्रेष्ठ समूहको टिम घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले यो समूह विजयी हुने भएकाले यो समूहलाई भोट हाल्न उनले आग्रह गरेका हुन्।

चुनावबाट सुरु भएको बर्षलाई चुनाव गर्दै विदाइ गर्न लागिएको भन्दै निजी क्षेत्रको विकासका लागि यो उमेशलाल समूहले काम गर्ने उनको भनाइ थियो । आफूले भनेका काम नभएमा त्यसको जबाफदेही आफू हुने सक्षम महासंघ बनाउनका लागि यो समूहलाई भोट दिनु पर्ने उनले बताए ।