Dhulikhel Eco Banner new

उमेशलाल समूहको उम्मेदवारी घोषणा सभा : काम गर्न नसके राजीनामा दिन्छौँ : दिनेश श्रेष्ठ

4.64K
shares

काठमाडौं, २० चैत । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरका उपाध्यक्ष दिनश श्रेष्ठले काम गर्न नसकेको खण्डमा आफूहरुले राजीनामा दिने बताएका छन् । सोमबार घोषणा सभालाई सम्बोधन गर्दै श्रेष्ठले रानजीनामा खल्तीमा बोकेर हिड्ने र काम गर्न नसकेको सुन्ने वित्तीकै राजीनामा दिने उनको भनाइ थियो ।

व्यवसायीको हकहितका लागि यो टिमले दिन रात नभनेर काम गर्ने भएकाले निर्धकका साथ भोट हाल्नका लागि उनले अनुरोध पनि गरे । अहिले अर्थतन्त्र जटिल अवस्थामा रहेकाले यसलाई सुधार गर्नका उमेशलाल समूहले सरकारसँग छलफल गरेर समाधान गर्ने उनको भनाइ थियो ।

‘सरकारसँग सहकार्य गरेर काम गर्नका लागि हामी तयार छौँ, यदि कुनै दिन काम भएन भन्ने गुनासो आएमा राजीनामा दिन्छौँ,’ उनले भने ।