मेन्छियाम हाइड्रोपावरको आईपीओ खुल्दै
वि.सं.२०७९ चैत २४ शुक्रवार १०:१३
shares

काठमाडौं, २४ चैत । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागी आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानी र वैदेशीक रोजगारीमा गएका नेपालीहरुका लागि छुट्याएको आईपीओ बाँडफाँट गरेसँगै अब आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको १६ लाख २७ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणको लागि छुट्टाएका थियो । जस मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित ५ लाख ५ हजार ७८० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि बाँडफाँड गरिसकेको छ । त्यस्तै १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई बाँडफाँड गरिसकेको छ । लगानीकर्ताहरुले बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता सेयरमा लागि आवेदन दिन सक्ने छन् ।
कम्पनीको आएपीओमा २०८० साल वैशाख ४ गतेदेखि वैशाख ७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । सो अवधिमा सबै शेयर बिक्री नभएको खण्डमा भने ढिलोमा वैशाख १९ गतेसम्म आवेदन खुला रहनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा एनआइसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन् ।


















