Dhulikhel Eco Banner new

वर्षमान पुनकी आमालाई गोली हान्ने प्रहरी हवल्दार पक्राउ

5.11K
shares

काठमाडौं, २ वैशाख । वर्षमान पुनकी आमालाई गोली हान्ने प्रहरी हवल्दार पक्राउ परेका छन् । पुनको घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनकी आमा घाइते भएकी थिइन् ।

उनको खुट्टामा गोली लागेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली चलाउने प्रहरी हवल्दार कामु न्यायधीषको सरक्षामा खटिने प्रहरी रहेको बताइएको छ ।

गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ । स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।