Dhulikhel Eco Banner new

सरकार र महावीर पुन बीचको वार्ता सकारात्मक

6.1K
shares

काठमाडौँ, १७ वैशाख । माइतीघरमा धर्ना बस्दै आएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबिच आइतबार भएको छलफल सकारात्मक रूपमा सकिएको छ । सिंहदरबारमा दुवै पक्षबिच भएको छलफलबाट वार्ता टोली बनाउने सहमति भएको हो ।

वार्ता टोली बनाउने र थप छलफल गर्ने विषयमा आइतबार साँझसम्म थप जानकारी आउने बताइएको छ । उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव सङ्कर दास वैरागी र महावीर पुनको टोलीबिच रक्षा मन्त्रालयमा छलफल भएको थियो । आफ्ना माग सरकारले भोलि सोमवारसम्ममा पूरा गर्ने प्रतिबद्धता जनाएको पुनको भनाइ छ ।

वैज्ञानिक पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा बजेट मागसहित अस्ति शुक्रवारदेखि माइतीघरमा धर्ना थालेका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएसम्म धर्ना कायम रहने पुनको भनाइ छ ।