कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
वि.सं.२०८० वैशाख २१ बिहीवार १९:०६
4.38K
shares
shares

काठमाडौं, २१ वैशाख । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगिसकेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३०१ जनामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको छ । यस अवधिमा ५० जना संक्रमित निको भएका छन् ।
हाल देशभर २०२ जना सक्रिय संक्रमित रहेका छन् । आज संस्थागत आईसोलेसनमा २६, आईसीयुमा १२ र भेन्टिलेटरमा १ जना संक्रमित उपचारत छन् ।


















