घट्यो सुनको मुल्य
वि.सं.२०८० वैशाख २४ आइतवार १२:३१
4.1K
shares
shares

काठमाडौं, २४ वैशाख । नेपाली बजारमा एकैदिन १ हजार २०० रुपैयाँले सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ कायम गरिएको छ ।
गत बिहीबार हालसम्मकै उच्च १ लाख ११ हजार आठ रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।



















