Dhulikhel Eco Banner new

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

4.43K
shares

काठमाण्डौं, २५ वैशाख । सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिनको भन्दा सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलको १ लाख १० हजार ९०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३०० रुपैयाँले महंगो हो । अघिल्लो दिन सुन तोलाको १ लाख १० हजार ६०० रुपैयाँ थियो ।

सोमबार चाँदीको भाउ भने स्थिर छ । पछिल्ला केही दिनदेखि स्थिर रहेको चाँदीको मूल्य तोलामा १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । गएको बिहीवारदेखि चाँदी सोही मूल्यमा कारोबार भइरहेको हो ।