Dhulikhel Eco Banner new

शेयर बजार करिब ६ अंकले बढ्यो, परिसूचक १८८३ विन्दुमा

3.52K
shares

काठमाडौं, ७ जेठ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य अंकले बढेको छ । गत हप्ता २ प्रतिशतभन्दा बढीले बढेको शेयर बजार आइतबार करिब ६ अंकले बढेकाे हाे । आज शेयर बजार ५ दशमलव ८८ अंकले बढेको हो ।

गत हप्ताको अन्तिम मंगलबारदेखि बढेको बजार आइतबारसम्म आइपुग्दा लगातार चौथो दिन पनि बढेको हो । सामान्य अंकले सुधार भएको बजार परिसूचक आइतबारको कारोबार बन्द हुँदा १८८३ दशमलव २० अंकमा पुगेको छ ।

आइतबार नेप्सेसँग कारोबार रकममा पनि सुधार भएको छ । आज २७३ कम्पनीका ४८ लाख २८ हजार ७७६ कित्ता शेयर ३४ हजार ३३१ पटक खरिद बिक्री हुँदा १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७३१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आइतबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार आएको छ । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १४ अंकले बढेर ३५८ दशमलव ३३ अंकमा पुगेको छ ।