Dhulikhel Eco Banner new

डलरको मूल्य स्थिर, पाउण्ड र युरोको बढ्यो

4.81K
shares

काठमाडौं, ८ जेठ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने पाउण्ड र युरोको मूल्य बढेको छ । डलरको मूल्य सोमबार पनि आइतबार जस्तै स्थिर रहेको छ भने पाउण्ड र युरोको मूल्य भने बढेको हो ।

नेपाल राष्ट्र बैंकले सोमबार लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । अघिल्लो दिन पनि डलरको भाउ सोही रहेको थियो । त्यस्तै आज पाउण्डको मूल्य बढेको छ । सोमबार पाउण्डको खरिददर १६४ रुपैयाँ २४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६४ रुपैयाँ १ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७५ पैसा रहेको थियो । आज युरोको मूल्य पनि बढेको छ । सोमबार युरोको खरिददर १४२ रुपैयाँ ५७ पैसा बिक्रीदर १४३ रुपैयाँ २२ पैसा पुगेको छ । आइतबार युरोको खरिददर १४२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा रहेको थियो ।

त्यस्तै राष्ट्र बैंकले सोमबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८८ रुपैयाँ १७ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९८ रुपैयाँ १९ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ १३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५८ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ८ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा रहेको छ ।