सुनको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदै छ कारोबार
वि.सं.२०८० जेठ १२ शुक्रवार १२:२१
4.03K
shares
shares

काठमाडौं, १२ जेठ । नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।



















