१ सय रुपैयाँ पुँजीमै कम्पनी दर्ता गर्न सकिने, पुँजी बढाउन शुल्क तिर्नु नपर्ने
वि.सं.२०८० जेठ १५ सोमवार १७:०२
6.24K
shares
shares

काठमाडौं, १५ जेठ । अब १ सय रुपैयाँमात्रै अधिकृत पुँजी राखेर पनि कम्पनी दर्ता गर्न पाइने भएको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको हो । अर्थमन्त्री डा. प्रकाशरण महतले १ सय रुपैयाँ पुँजीमै कम्पनी दर्ता गर्न सकिने, पुँजी बढाउन शुल्क तिर्नु नपर्ने व्यवस्था गरिने घोषणा गरे ।




















