अब मोबाइलबाटै सेयर धितो कर्जाका लागि आवेदन दिन सकिने, सिद्धार्थ बैंकले ल्यायो नयाँ सुविधा
वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:४६
shares

काठमाडौं, १० कार्तिक। सिद्धार्थ बैंक लिमिटेडले सेयर धितो राखेर कर्जा लिन चाहने ग्राहकका लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा ल्याएको छ। नयाँ व्यवस्थासँगै ग्राहकले बैंकको मोबाइल बैंकिङ एपबाटै सेयर धितो कर्जाका लागि आवेदन दिन सक्ने भएका छन्।
बैंकले २०८३ कात्तिक ९ गते सार्वजनिक गरेको जानकारीअनुसार ग्राहकले बैंकको मोबाइल बैंकिङ एप ‘‘BankSmart XP’ मार्फत यो सुविधा उपयोग गर्न सक्नेछन्। त्यसका लागि एपमा रहेको ‘Easy Loan’ विकल्पमा गई ‘Loan Services’ हुँदै ‘Loan Against Share’ मा प्रवेश गरेर आवेदन दिनुपर्नेछ।
बैंकका अनुसार ग्राहकले धितोमा राख्ने शेयरको मूल्यांकनका आधारमा ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकले यो सुविधाले ग्राहकलाई व्यक्तिगत तथा व्यावसायिक आवश्यकताका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज बनाउने अपेक्षा गरेको छ। अनलाइन आवेदन सुविधा सञ्चालनमा आए पनि कर्जा स्वीकृति भने धितोको मूल्यांकन, आवश्यक कागजात र बैंकका प्रचलित सर्त पूरा भएको आधारमा हुने छ।
यस सेवासम्बन्धी थप जिज्ञासा वा जानकारीका लागि ग्राहकहरूले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन् ।




















