५३ अंकको गिरावटसंगै बन्द भयो आजको शेयर बजार
वि.सं.२०८० जेठ १६ मंगलवार १५:१०
4.59K
shares
shares

काठमाडौं, १६ जेठ । आज शेयर बजार बिहानदेखि थोरै थोरै गरेर क्रमश घट्दै गइ ५३ दशमलव १६ अंकमा टुङ्गिएको छ । ५३ अंकले घटेको शेयर बजार १८८८ दशमलव ६१ बिन्दुमा पुगेको छ ।
मंगलबार २७५ कम्पनीका ७० लाख ७४ हजार २२५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि भारी गिरावट आएको छ । मंगलबार ८ दशमलव ७२ अंकले गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३६० दशमलव ७१ बिन्दुमा पुगेको छ ।



















