Dhulikhel Eco Banner new

विद्युतीय सवारीमा कर बढाइएको छैन : अर्थमन्त्री महत

3.9K
shares

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले विद्युतीय सवारी साधान प्रयोगमा निरुत्साहन गर्ने नीति लिएको भन्ने आरोपको खण्डन गरेका छन् ।

मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विद्युतीय सवारीमा कर बढाइएको भन्ने विषयमा सत्यता नभएको बताए । उनले भने ‘विद्युतीय सवारीलाई प्रमोट गर्ने नै हाम्रो उदेश्य हो । तपाईहरुले भनिरहनु भएको छ, विद्युतीय सवारी साधनमा कर बढाईयो निरुत्साहीत गराईयो भन्ने कुरा झुटो हो । त्यसमा कुनै सत्यता छैन् ।’

पेट्रोलियम सवारीको आयातको तुलनामा विद्युतीय सवारी साधानको प्रयोगलाई सहज बनाउन सरकार गम्भिर रहेको उनको तर्क छ ।

‘हामीले पेट्रोलियम प्रडक्टमा आधारित आयात निर्यात छ । बसदेखि लिएर व्यक्तिगत गाडीहरुमा ३ सय सम्मको कर छ । तुलनात्मक रुपमा यो धेरै सस्तो छ । यो प्रमोट हुँदै जान्छ । ’