Dhulikhel Eco Banner new

पाँच करोड सांसदले आफूखुसी खर्च गर्न पाउँदैनन् : अर्थमन्त्री महत

3.93K
shares

काठमाडौं, १६ जेठ । अर्थमन्त्री प्रकाशशरण महतले संसदीय क्षेत्र विकास कार्यक्रमको पाँच करोड सांसदले सिधै खर्च गर्न नपाउने बताएका छन् ।

अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सांसद विकास कोषको विषयलाई लिएर आलोचना भएपछि, त्यसबारे प्रष्टिकरण दिएका हुन् । उनले भने ‘सांसद विकास कोष सांसद विकासको कुरामा, पहिलो कुरा यो सांसद विकास कोष होईन् । यो संसदीय क्षेत्र विकास कार्यक्रम हो । तपाईहरुले जुन पहलाको हिसावले हेरिरहनु भएको छ सिधैं सांसदले पाउने, सांसदले आफू खुसि खर्च गर्ने त्यो मोडेलमा यो छैन् । बजेट वक्तव्यमा सबै कुरा आउँदैन् गर्नु पनि उपयुक्त हुँदैन् ।’

उनले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा केही न केही विकाशका कार्यक्रम पुगोस भनेर यसको व्यवस्था गरिएको बताए । ‘ १६५ निर्वाचन क्षेत्र छ । अनि हाम्रो बजेटमा के हुन्छ भने विदेशी सहयोगको निश्चित ठाँउमा खर्च हुन्छ । अरु कार्यक्रमको खर्च निश्चीत हुन्छ । अरु ठाउँमा छुटिरहेको हुन्छ । १६५ ठाउँमै केही न केही पुगोस भन्ने लक्ष्य सहित संसदीय विकास कार्यक्रम राखेको हो ।’ उनले भने ।

उनले सांसदको सिफारिसमा खर्च गर्ने गरी यसको व्यवस्था गरिएको बताए । ‘यो राख्दा सांसदहरुको भुमिका सिफारिस गर्ने मात्र हुन्छ । त्यहाँबाट जनताबाट चुनेर आएका सांसदहरु सिफारिस पनि गर्नु हुँदैन् ? सिफरिस गर्नु अपराभ जस्तो हो भनेर पनि हेर्नु भएन् । जनताले चुनेर पाठाएका ,हामीले के भनेका छौं भने ५ करोडमा १ करोड भन्दा कम्तीको आयोजना हुनुहुँदैन् । त्यसैले उहाँहरुको भुमिका सिफरिस गर्ने मात्र हो । त्यस बाहेकका काम सम्बन्धीत मन्त्रालयले गर्छ ।’