तलव खुवाउनै नसक्ने भन्ने कुरा उडन्ते हुन् : अर्थमन्त्री
वि.सं.२०८० जेठ १६ मंगलवार १४:५३
shares

काठमाडौं, १६ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले तलव खुवाउनै नसक्ने भन्ने कुरा ‘उडन्ते कुरा’ भएको प्रतिक्रिया दिएका छन् । तलव भत्तासँगै सामाजिक सुरक्षा भत्ता पनि सरकारले नियमित रुपमा खुवाउने भन्दै अनावश्यक शंका नगर्न अर्थमन्त्रीले आग्रह गरे ।
मंगलबार अर्थमन्त्रालयले आयाेजना गरेकाे पाेष्ट बजेट छलफलमा सञ्चारकर्मीहरुले अर्थतन्त्रकाे अवस्थाबारे जिज्ञासा राखेका थिए ।
‘कम्तिमा तपाईंहरु जत्तिकाे मान्छेले त उडन्ते कुरा गर्नु भएन’ पत्रकारहरुलाई अर्थमन्त्रीले भने, ‘तलव खुवाउन नसक्ने अवस्था छैन, भविष्यमा पनि हुन देखिदैन ।’
उनले बजेटमा आफ्नो कुनै व्यक्तिगत कुरा नभएको पनि बताएका छन् ।



















