पाचँ सयले बढ्यो सुनको मूल्य
वि.सं.२०८० जेठ १८ बिहीवार १३:०९
5.25K
shares
shares

काठमाडौं, १८ जेठ । सुनको मूल्य बढेर आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।
अघिल्लो दिन छापावाल सुन १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० मा कारोबार भईरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयामा कारोबार भइरहेको छ ।



















