Dhulikhel Eco Banner new

नागरिकता विधेयकमा प्रधानमन्त्रीको प्रश्न तपाईले गर्दा ठिक हामीले गर्दा त्यहीँ कुरा कसरी बेठिक ?

6.36K
shares

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयकको बचाउ गरेका छन् । सदनमा नागरिकता विधेयकका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले यसअघि सहमति मै भएका निर्णय कार्यान्वायन गर्ने क्रममा प्रतिपक्षीले अनावश्यक बखेडा झिकेको तर्क गरे ।

उनले भने ‘नागरिकताको विषयलाई ढंगले अनावश्यक रुपमा विवादित बनाउनु जनताले कसरी बुझ्ने र तपाई हामीले के गरी बुझ्ने भन्ने आयो । हामी सबै एकै ठाउँमा रहेछौ नी त । हामी सबै एकै ठाउँमा रछौं नी त ।’

उनले यसअघि कै कुरा कार्यान्वायन गर्ने विषयलाई नउछाल्न उनको आग्रह छ । ‘जन्मसिद्ध नागरिकता पाएका आमा बाउका छोरा छोरी नागरिकता पाउनु पर्छ भन्ने कुरा र आमा बाउको कुरामा त हामी एकै ठाँउमा थियौं । एउटै गर्यौ । अहिले त्यही कुरा आउदाँ हामी किन दुई ठाउँमा हुन बल गरिरहेका छौ । त्यसो नगरौं ।’

सरकारले निर्णय गर्ने अदालतले रोक्ने प्रवृतिप्रति असन्तुष्टि पोख्दै प्रधानमन्त्रीले अब अदालतको फैसाला कुर्न र यसमा नअल्झिन उनको प्रतिपक्षलाई अनुरोध गरे ।

‘सरकारले निर्णय गर्छ अदालतले रोक्छ । अहिले प्रतिपक्षी सरकारमा हुदाँ पनि भोगेकै हो । अहिलेको सरकारले पनि भोगेकै छ । उनले भने ‘ हामी यहाँ किन गाला बजाउने । अदालतले भनेपछि किन नमान्ने भन्ने पनि हुदैन मान्न नी पर्छ पखौं यहाँ किन विवाद गर्ने । यो विषयलाई अब यो भन्दा बढी नलैजाउँ भन्न चाहान्छु ।’