काठमाडौंमा देशैभरिको बाजा घन्काउने उद्देश्य राखेका छौं : उपप्रमुख डंगोल
वि.सं.२०८० जेठ २७ शनिवार १७:५३
shares

काठमाडौं, २७ जेठ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौंमा देशभरिकै बाजा घन्काउने उद्देश्य राखेको बताएकी छिन् ।
शनिबार काठमाडौं महानगरपालिकाद्वारा आयोजित नेपाल अर्केष्ट्रा –११४३ कार्यक्रममा उपप्रमुख डंगोलले संस्कृतिको संरक्षणमा संघीय प्रदेश सरकार पनि समन्वयात्मक ढंगले अघि बढ्न आवश्यक रहेको बताइन् ।
उनले भनिन् ‘संस्कृति नगरी बनाउनको लागि काठमाडौं महानगरपालिका भित्र भएका विभिन्न कला र संस्कृति मूर्त अमूर्त सम्पदाहरुको सम्वद्र्धन गर्दै आईरहेका छौं। र, काठमाडौंमा देशै भरिको बाजा घन्काउने उदेश्य लिएका छौं । त्यही उदेश्य पूरा गर्न ज्यापू महागुठीसंग संंयुक्त रुपमा मिलेर यो कार्यक्रमको सुरु गरेका छौं । ’
उपप्रमुख डंगोलले काठमाडौ महानगपालिकाले मिलेर कार्यक्रम अघि बढाइरहेको अवस्थामा संघीय र प्रदेश सरकारले पनि बिभिन्न क्षेत्रमा तीनै तहको सरकारको समन्वय र सहकार्यको आधारमा अघि बढाउन आवश्यक रहेको बताइन् ।


















