Dhulikhel Eco Banner new

पशुपतिनाथका मूलभट्ट कर्तव्य विमुख भएको कोषका कार्यकारी निर्देशक खतिवडाको आरोप

4.54K
shares

काठमाडौं,३० जेठ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपतिनाथका मूलभट्ट कर्तव्य विमुख भएको आरोप लगाएका छन् ।
मंगलबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपति क्षेत्र विकास कोष र पशुपति क्षेत्रको विषयमा उठेको विभिन्न पक्षमाथि भएको छलफलमा कार्यकारी निर्देशक खतिवडाले मूलभट्टलाई सोध्दा र खोज्दा पनि नभेटिने गरेको गुनासो गरे ।
उनले भने ‘ पशुपतिनाथलाई चढाइएको सुनको जलहरीको विषयमा मूलभट्टज्यूले प्रधानमन्त्री र मन्त्रीहरुलाई उठाउनुस जोख्नुस है अप्ठेरो छैन हामीले गरेका हौं भनेर भन्नु भयो, हामी ईञ्जिनियर होइनौं तै पनि जोख्नुस भन्नु भयो । तर राज्य त एक ठाउँमा त तयारी हुनु प¥यो नी । मूलभट्टले आफ्नो कर्तव्य भित्र बसेर काम गरेको अनुभव गरेका छैनौं । हामीलाई कुनै मार्ग देखाउनु भएको छैन् । कर्तव्य विमुख हुनुहुन्छ उहाँ । जवाफ दिनु पर्ने थियो तर उहाँ भाग्नु भयो । ’
कार्यकारी निर्देशक खतिवडाले भारतीय नागरिकहरु विमानस्थलमा ओर्लने वित्तिकै पशुपतिनाथको बारेमा चासो व्यक्त गर्ने गरेकोले मन्त्री सुदन किराँतीको निर्देशनमा मापदण्ड अनुसारको ७२ फिटको नेपालको राष्ट्रिय झण्डा पशुपतिनाथमा राखिएको बताए ।