बालेन्द्र साह स्टण्डबाजीमा उत्रिए : अध्यक्ष रेग्मी
वि.सं.२०८० असार २ शनिवार १४:२२
shares

काठमाडौं, २ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष सन्जिव रेग्मीले काठमाडौं महानगपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विद्यालय र कलेजमा लगाएको ताला फोडेर स्टण्डबाजीमा उत्रिएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कठमाडौं महानगरपालिका भित्र सञ्चालनमा आएका विभिन्न निजि स्कूल तथा कलेजको मोनोपोलिविरुद्ध गरिएका तालाबन्दी विना समन्वय फोडिएको भन्दै उनले महानगरप्रमुख साहको चर्को आलोचना गरे ।
उनले भने, ‘महानगरका मेयरसापले जुन ढंगबाट ताला फोडेर क्षणिक स्टण्डबाजी गरेर सरोकारवालासंग छलफल नै नगरि गैह्रजिम्मेवार प्रवृति देखाए त्यसले हामीलाई थप चिन्तित बनाएको छ ।’
युलेन्स स्कूलमा लगाएको ताला फोडेर महानगर प्रमुख साहले शैक्षिक वातावरण सुचारु गरेको प्रति रोष पोख्दै कांग्रेस नेतृ आरजु राणाको इसारामा बालेनले शैक्षिक क्षेत्रलाई डामाडोल बनाउन लागेको टिप्पणी गरे ।
‘तालाहरु फोडिदै गर्दा शेरबहादुर र आरजुको इसारामा बालेन साह चलिरहेको त छैनन् ? मुलुकको शिक्षालाई डामाडोल बनाउन र राजनीति गर्ने र संगठन खोल्ने कार्य गलत हो भन्ने भाष्य निर्माण गर्न बालेन साह लागेका छन् ।’ उनले भने ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न कजेल तथा विद्यालयमा गरेको तालाबन्दी खोलेर महानगरपालिकाले शैक्षिक अवरोध अन्त्य गर्दै आएको थियो । सोही विषयलाई लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले, महानगरले असजिलो पार्ने मनसायले विद्यालय प्रसाशक, सञ्चालक र अभिभावको बीचमा द्धन्द सिर्जना गर्ने प्रयास गरेको आरोप लगाएको छ ।आफ्ना माग सम्बोधन गरी समस्या समाधान नगरे महानगरविरुद्ध संघर्ष गर्ने चेतावनि दिए।
आफूहरु महानगरपालिकासंग सहकार्य गरेर शिक्षा क्षेत्रको विकासका लागि आवश्यक भूमिका खेल्न तयार रहेको उनीहरुको भनाई छ ।
उनीहरुले महानगरपालिका भित्र सञ्चालनमा रहेका निजी शैक्षिक सस्थाहरुमा वैज्ञानिक शुल्क निर्धारण गर्न महानगरको ध्यानाकर्ष गराउने, विद्यालयमा सञ्चालित छात्रावासहरुमा विद्यार्थीको मृत्यु भएको जस्तो गम्भीर कुरामा अनुगमन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने र नगरे आफैं अनुगमन गर्ने लगाएतका विविध ६ बुँदे संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।


















