Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ११ करोड

5.04K
shares

काठमाडौं, ५ असार । कारोबारको दोस्रो दिन शेयर बजारमा २६ अंकको गिरावट आएको छ । आज २६ दशमलव ५६अंकले गिरावट आएको शेयर बजार परिसूचक २०६४ दशमलव ४३ विन्दुमा पुगेको छ ।

मंगलबार २६८ कम्पनीका १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ४ दशमलव २५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३८८ दशमलव १४ विन्दुमा पुगेको छ ।