Dhulikhel Eco Banner new

उत्कृष्ट करदाता बन्यो इम्पेरियल सेक्युरिटिज ब्रोकर नम्बर ४५

234
shares
काठमाडौँ — वार्षिक ५० करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थामध्ये सर्वाधिक कर बुझाएबापत इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड सम्मानित भएको छ। राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालयले कर दाखिलाका आधारमा उक्त कम्पनीलाई उत्कृष्ट करदाता घोषणा गरेको हो।
राजधानीमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीका प्रमुख सञ्चालन अधिकृत सीताराम अधिकारीलाई कदरपत्र प्रदान गरे। दिवसका अवसरमा सरकारद्वारा विभिन्न १९ विधाका उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो।
पारदर्शी कारोबार, वित्तीय अनुशासन र लगानीकर्ताको निरन्तर साथले राष्ट्रिय स्तरको पहिचान मिलेको कम्पनीको भनाइ छ। धितोपत्र दलाल सेवासँगै कम्पनीले वार्षिक ६.९५ देखि ७.९५ प्रतिशतसम्मको ब्याजदरमा मार्जिन कारोबार कर्जासमेत प्रवाह गर्दै आएको छ।
काठमाडौँको अनामनगरस्थित मुख्य कार्यालयसहित भक्तपुर, धादिङ, पोखरा, नेपालगञ्ज र सुर्खेत शाखा तथा अनलाइन प्रणालीमार्फत स्वदेश तथा विदेशका लगानीकर्तालाई सेवा दिइरहेको कम्पनीले जनाएको छ।