असार ३१ गतेदेखि सिटिजन लाइफको आईपीओ खुल्ने
वि.सं.२०८० असार २२ शुक्रवार ०९:१६
shares

काठमाडौं, २२ असार । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर आईपीओ आगामी ३१ असारदेखि निष्काशन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गर्ने गर्न लागेको हो ।
कम्पनीको जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ छ। यसको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपैयाँको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २४४ रुपैयाँका दरले सेयर निष्काशन गर्ने छ । कम्पनीको सेयरमा न्यूनतम १० र अधिकतम ११ लाख २५ हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।


















