प्रभु क्यापिटलको लोयल्टी पोईन्टस् साथै रिफरल योजना सञ्चालनमा
वि.सं.२०८० साउन २ मंगलवार १३:३६
shares

काठमाडौं, २ साउन । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संगै लोयल्टी पोईन्टस् अफरसाथै रिफरल योजना लन्च गरेको छ । ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएकोे प्रभु क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष लोयल्टी पोईन्टस् अफर ल्याएको छ । लोयल्टी पोईन्टस् र रिफरलको अफर क्यापिटलले साउन १ गतेदेखि सार्वजनिक गरेको हो ।
सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरि साथै प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी पोईन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ । सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिंक कपी र सेयर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ भने सेवाग्राहीले पोईन्ट्स आफ्नो डिम्याट तथा मेरो शेयर नविकरण गर्नका साथै प्रभु क्यापिटलसंग आवद्घ विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ । लोयल्टी पोईन्टस् अफर तथा रिफरल योजनाको बारे थप जानकारीको लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी पाउनसकिने क्यापिटलले जनाएको छ ।



















