Dhulikhel Eco Banner new

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल लिटरको १८०

5.99K
shares

काठमाडौँ, ८ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । बढेको मूल्य अनुसार अब पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँ पुगेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २ सयले बढेको छ । साथै, एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २०० ले बढेको छ । अब ग्यासको मूल्य १८०० रुपैयाँ पुगेको छ । मूल्य समायोजनपछि पनि मासिक रुपमा एलपी ग्याँसमा ३ अर्ब रुपैयाँ, डिजलमा करिब ३ अर्ब ४० करोड रुपैयाँ, र पेट्रोलमा करिब १ अर्ब रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

साथै हवाई इन्धनतर्फ आन्तरिकका लागि प्रतिलिटर १० रुपैयाँले बढाएर १६६ रुपैयाँ बनाइएको छ ।